नियम ४१ठ
जग्गाबाट हटाउने:
(१) आयोगले ऐनको दफा भुगरख.. को उपदफा (४) मा उल्लिखित जग्गा, नियम ४१ख. वा ४१ग. मा उल्लिखित क्षेत्रफल भन्दा बढी जग्गामा बसोबास बा आवाद कमोत गरेको वा नियम ४१ट. बमोजिम जग्गा खाली नगर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई सो जग्गाबाट हट्न वा जग्गा खाली गर्न बढीमा तीन महिनाको म्याद दिई सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्याद भित्र त्यस्तो जग्गाबाट नहट्ने वा खाली नगर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई आयोगले सम्बन्धित स्थानीय तह-र प्रहरीको सहयोगमा त्यस्तो जग्गाबाट हटाउनेछ ।
(३) उपनियम (२) की प्रयोजनको लागि आयोगले सहयोग मागेमा सम्बन्धित स्थानीय तह र प्रहरीले त्यस्तो सहयोग उपलब्ध गराउनु पर्नेछ ।